३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


श्रीदेवीकी छोरी जाह्नवी कपुरले सार्वजनिक रुपमै लेखिन् आमाको सम्झनामा भावुक पत्र


0
Shares

श्रीदेवीको केही दिनअघि दुबईमा निधन भएको थियो ।

आमाको सम्झनामा जाह्नवीले इन्टाग्राममा भावुक पत्र पोस्ट गरेकी छन् ।

पत्रको भावानुवाद यस्तो छ –

मलाई आफ्नो छातीमा एक दुःखद खालीपन महसुस भइरहेको छ तर मलाई थाहा छ कि यसकै साथ मैले बाँच्नु छ । यो खालीपनका साथ म अहिले पनि तपाईको प्रेम महसुस गरिरहेकी छु । मलाई लाग्छ, तपाईले दुःख, पीडाबाट मेरो रक्षा गरिरहनु भएको छ । मैले आफ्नो आँखा जब बन्द गर्दछु, मलाई राम्रा कुरामात्र याद आउँछन् । मलाई थाहा छ, कि यो सबै तपाईले नै गरिरहनु भएको छ ।

तपाई हाम्रो जीवनमा बरदानजस्तै हुनुहुन्थ्यो । हामीले तपाईको साथ रहने जति पनि समय पायौं, त्यो सबै एक आशिर्वाद जस्तो लाग्छ । तर, तपाई यो दुनियाँका लागि बन्नुभएको होइन रहेछ । तपाई धेरै राम्री, धेरै पवित्र, प्यारले भरिएको हुनुहुन्थ्यो । त्यसैले उसले तपाईलाई फिर्ता बोलाएर लग्यो । तर कम से कम तपाई हामीसँग रहनु त भयो ।

मलाई मेरा साथीहरुले हमेसा भन्ने गर्दथे कि तँ सँधै खुशी देखिन्छेस् । र, अब मलाई महसुस भइरहेको छ, त्यो सबै तपाईकै कारण थियो । कसले के भन्यो भन्ने कुराले महत्व राख्दैन, कुनै समस्या ठूलो थिएन, कुनै दिन उदास थिएन किनकि मसँग तपाई हुनुहुन्थ्यो । मलाई तपाई माया गर्नुहुन्थ्यो । मलाई हमेसा तपाईको जरुरी थियो । तपाई मेरो आत्माको हिस्सा हो र आमा ! म पनि तपाईकै लागि यो सब गर्न चाहन्थेँ ।

म चाहन्छु कि तपाईलाई गर्व होस् । हरेक बिहान म जे सुरुवात गर्छु, यही उद्देश्यका साथ गर्छु कि मलाई तपाईमाथि गर्व भएझैं एक दिन तपाईलाई ममाथि गर्व हुनेछ । किनकि, तपाई यहीँ हुनुहुन्छ र म तपाईलाई महसुस गरिरहेकी छु । तपाई म, खुशी (बहिनी) र बुवाभित्र मौजुद हुनुहुन्छ । तपाईले हामीमाथि जे छाप छोड्नु भएको छ, त्यो यति गहिरो छ कि हामीलाई अघि बढ्न त्यो काफी हुन सक्छ तर कहिल्यै आफैंमा त्यो पूर्ण हुन सक्दैन ।

म तपाईलाई माया गर्दछु । मेरो सबैथोक !