२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सेयरबजारमा सामान्य सुधार, तीव्र उतार–चढावबीच नेप्से ८ अंकले सकारात्मक


0
Shares

तीव्र उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंक बढीले उकालो लागेर १२ सय ९६ पुग्यो ।

कारोबार सुरु भएदेखि निरन्तर ओरालो लागेर १२ सय ६७ मा झरिसकेको नेप्सेमा अपराह्नपछि सुधार आएको हो । कारोबारमा पनि अघिल्ला दिनका तुलनामा सामान्य सुधार आयो ।

होटल र अन्य समूह रातो रहेबाहेक अरु समूह सकारात्मक रहे । बिमा समूह सबैभन्दा उच्च ३४ अंकले उकालो लाग्यो ।

जलविद्युत् समूहमा २२ अंकको वृद्धि आउँदा विकास बैंक र लघुवित्त समूहमा पनि १९/१९ अंकको सुधार आयो । उत्पादनमूलक र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको सुधार आयो ।

होटल समूहमा भने ६९ अंकको उच्च गिरावट आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका १४ लाख ४८ हजार कित्ता सेयर ४८ करोड ४० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।