Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पाँच महिला सम्मानित


0
Shares

सम्मानित हुनेहरुमा ललितपुरकै पहिलो अपांगता भवन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने समाजसेवी मोतिशान्ति शाक्य, महानगरीय प्रहरी परिसर ललितपुर महिला बालबालिका सेवा केन्द्रका प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ, रेडियो सगरमाथाका पत्रकार सम्झना महर्जन, कलाकार आशिष्मा नकर्मी र महिला व्यवसायी कमला ताम्रकार रहेका छन् ।

१०८औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्डेन डायमन्ड एन्ड ज्वलेरीले बुधबार ललितपुरमा आयोजना गरेको मेलामा उनीहरुलाई सम्मान गरिएको हो ।

ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं समाजसेवी अजरमान जोशीको संयोजकत्वमा ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाई बज्राचार्य र पत्रकार सुनील महर्जन सदस्य रहेको समितिले सम्मानित हुने महिलाहरु छनोट गरेको हो ।

प्रदेश नम्बर–३ का सदस्य शोभा शाक्यले सम्मानित महिलाहरुलाई खादा ओढाइ सम्मान गरेकी थिइन् भने वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीले सम्मानपत्र प्रदान गरेका थिए ।

ललितपुरको हःखास्थित गोल्डेन डाइमन्ड ज्वेलरीको शोरुमा भइरहेको उक्त मेला पाँच दिनसम्म चल्नेछ ।