
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार तोलामा ४०० ले बढेर तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय २५ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्