Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


चौथो धनकुटा महोत्सवमा अवलोकनकर्ताको भीड, तीन करोडभन्दा वढीको कारोबार गर्ने लक्ष्य


0
Shares

धनकुटा, फागुन २६ । धनकुटामा जारी चौथो धनकुटा महोत्सव एवम् प्रादेशिक औद्योगिक व्यापार मेलाको पाँचौ दिनसम्ममा करिब २० हजारले अवलोकन गरेका छन् ।

२० हजार आन्तरिक तथा बाह्य पर्यटक महोत्सवमा भित्रिँदा ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकको धनकुटा उद्योग वाणिज्य संघको अनुमान छ ।

मेलामा राखिएको सांगीतिक प्रस्तुतिमा रमाउने आउनेहरु बढी देखिएको मेला प्रचार समितिका संयोजक विजयसन्तोषी राईले बताए ।

फागुन ३० गतेसम्म संचालन हुने प्रादेशिक औधोगिक व्यापार मेला तथा कृषि प्रदशनी एवं चौथो धनकुटा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा तीन करोडभन्दा वढीको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ ।

औद्योगिक, व्यापारिक, हस्तकला, कृषि जन्य वस्तु तथा जुडिवुटीलगायत घरेलु उद्योगबाट उत्पादित वस्तु तथा कला, संस्कृति झल्कने वस्तुहरु प्रदर्शनीमा राखिएको छ ।