१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


शेयर बजारमा उच्च गिरावट, कारोबार पनि खुम्चियो


0
Shares

बैंकर संघ र एनआइसी एशियाबीचको व्याजदर विवादले शेयर बजारमा पनि असर पारेको विश्लेषण गरिएको छ ।

कारोबार शुरु भएदेखि तीब्र रुपमा गिरावट आएको नेप्से ३१ अंकले झरेर १२८४ मा आएर थामियो ।

आइतबार शेयर कारोबार पनि खुम्चियो । कारोबार भएका सबै समूहमा गिरावट आयो । सबैभन्दा उच्च बीमा समूहमा २ सय ४३ अंकको उच्च गिरावट आयो ।

जलविद्युत समूह ६४ अंक र होटल समूह पनि ६३ अंकले ओरालो लाग्यो ।

उत्पादनमूलक समूहमा ५२ अंक, लघुवित्त समूहमा ४५ अंक, विकास बैंक समूहमा २५ अंक र वाणिज्य बैंक समूहमा पनि २३ अंकको कमी आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीको ७ लाख ६३ हजार कित्ता शेयर जम्मा साढे ३२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।