१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एनआइसीसँग भएको अन्तरबैंक कारोबारसमेत फिर्ता लिइने


0
Shares

संघको आइतबार बसेको बैठकमा एनआइसीसँग अन्तरबैंक कारोबार भएको करिब चार अर्ब रुपैयाँ झिक्ने निर्णय गरेको जनाइएको छ । योसँगै एनआइसीको संघको सदस्यता निलम्बन गर्नेसमेत अनौपचारिक सहमति भएको जनाइएको छ ।

बैंकर्स संघले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति विपरित एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएसँगै संघले एनआइसी एसियासँग कुनै पनि प्रकारको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको थियो ।

कार्यसमितिले गरेको यो निर्णयलाई आइतबार सबै बैंकले अनुमोदन गर्दै रकमसमेत झिक्ने सहमति जनाएका हुन् ।

एनआइसीका कारण प्रणालीगत जोखिम बढ्ने निष्कर्ष निकाल्दै अर्थतन्त्र र समग्र प्रणाली जोगाउन एनआइसीसँग कारोबार तोड्नु परेको बैंकरहरुको भनाइ छ ।