
उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ओरालो लागेर १२ सय ७७ कायम भएर थामियो ।
उत्पादनमूलक समूहबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । होटल समूहमा सबैभन्दा उच्च ३५ अंकको गिरावट आयो । लघुवित्त र जलविद्युत् समूहमा दोहोरो गिरावट आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे । उत्पादनमूलक समूह भने २० अंकले उकालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीका ७ लाख ७० हजार कित्ता सेयर ३१ करोड ३१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्