
प्रकाश नेपाल/ईमेज:
इलाम, फागुन २९ । मेची राजमार्ग अन्तर्गत इलाम पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरमा पुगेको छ ।
फुटपाथ सहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पुरा भएको हो ।
इलाम सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो ।
मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराइ जोड्न पुलको काम गरिरहेको छ ।
यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा वजारसम्म लैजान मद्धत गरेको छ ।
यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् ।
यहाँ समेत भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।
निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ ।
यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इन्जिनियर झाले वताए । ‘अव सवबेस र पेन्टिङको मात्र काम बाँकी छ,’ झा ले भने ।
उक्त पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रसनले काम गरिरहेको छ ।
ठेक्का सम्झौता लिएको ३ बर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रबिधि भएकाले सामाग्रिको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
उक्त पुलको लम्वाई ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रबिधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरुको छ ।
सडकसँगै यस सडक डिभिजन कार्यालय इलामले राष्ट्रिय र क्षेत्रिय राजमार्ग गरि ३९१ किलोमिटर सडक निर्माण, पुननिर्माण र मर्मत गर्ने जिम्मा पाएको छ ।
राष्ट्रिय राजमार्ग अन्तर्गत मेची राजमार्ग झापा र इलामको सिमा रोङ गाउँपालिका स्थित (च्यान डाँडा) जोरकलशबाट पाँचथर हुँदै ताप्लेजुङको सुकेटारसम्म २२१ किलो मिटर हेर्ने जिम्मा समेत पाएको डिभिजन प्रमुख खड्गलाल श्रेष्ठले वताए ।
प्रतिक्रिया दिनुहोस्