Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


हलेसी कृषि तथा बाख्रा फार्म खोटाङकै नमूना बन्न सफल


0
Shares

विजयखर्क–९, भैरमपुरमा २०६९ सालबाट बाख्रापालन व्यवसाय शुरु गरेको हलेसी कृषि तथा बाख्रा फार्म जिल्लाकै नमूना बाख्रा फार्मको रुपमा स्थापित भएको हो । प्याटको ३० प्रतिशत र फार्मको ७० प्रतिशत गरी कुल ३ करोड ३६ लाख ३८ हजार रुपैयाँको लगानीमा फार्म सञ्चालनमा आएको थियो ।

फार्ममा बाख्रा खोर, गोदाम घर, पाठापाठी राख्ने घर, खुल्ला खोर, बीउ बोका राख्ने घर, बिक्रीका लागी खसी राख्ने घर, साइलेस पीट, डिपिङ ट्यांक, मलमुत्र संकलन ट्यांक, पिकप भ्यान, जेनेरेटर जस्ता वातावरणीय सामाग्री छन् ।

दीर्घकालीन उद्देश्यसहित बाख्रा फार्म स्थापनाले सबैमा खुशी छाएको हलेसी कृषि तथा बाख्रा फारमका अध्यक्ष श्याम पोखरेलले जानकारी दिए ।

फार्ममा हाल जमुनापारी, बारबेरी, सानन र खरी जातका बाख्रा पालिएका छन् । फार्मले ३० रोपनीमा डाले घाँस र घुइँ खास उत्पादनसमेत गर्दै आएको छ ।