
नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा गरेको मुख्यमन्त्रीहरुसँगको अन्तर्क्रियामा सातवटै प्रदेशका मुख्यमन्त्रीले निजी क्षेत्रले उठाउँदै आएका विषयवस्तुको सम्बोधन गर्दै आफूहरु अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा लगानीमैत्री वातावरण अझै तैयार नभइसकेको भन्दै नीजि क्षेत्रका चुनौती सम्बोधन गर्दै अघि बढ्ने बताए ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको बाटोमा मिलेर काम गर्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले उत्पादनशील भूमिको अधिकतम् प्रयोग गर्दै उत्पादनलाई बढावा दिने नीति अबलम्बन गरिने बताए ।
अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्