
आरोपित युवकले मंगलबार दिउँसो सोही गाउँपालिका–३ की ६ वर्षीया एक बालिकालाई चाउचाउ र पैसाको लोभ देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए ।
घरमा आएपछि बालिकाले आमासँग आफूलाई दुखेको र रगत पनि आएको बताएपछि बालिकाकी आमाले के भयो भनेर सोधपुछ गरेपछिमात्र बालिकाले घटनाबारे जानकारी गराएकी थिइन् ।
घटनालगत्तै बुधबार बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ ।
बालिकाको घरनजिकै घर बनाउने काममा खटिएका युवक काम सकेर घर फर्कनेक्रममा स्थानीय मन्दिरनजिकै खेलिरहेकी बालिकालाई बोलाएर चाउचाउको लोभ देखाउँदै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचापछि मंगलबार राति नै जिल्ला अस्पताल तम्घास ल्याइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्