
आइसीसीका सिनियर क्रिकेट अपरेसन म्यानेजर क्लाइभ हिच्ककले प्रेसित गरेको पत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई डीपीएल–२ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमी डीसीएका अध्यक्ष सुवास शाहीले आइसीसीको यो मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको बताएका छन् ।
प्रतियोगितामा काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीले सहभागिता जनाउँदैछन् ।
प्रतियोगिताको ‘अक्सन’ गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ ।
सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख रुपैयाँ दिइने यसअघि नै घोषणा भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्