१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुन–चाँदीको भाउमा कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले कमी आएर तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलामा ३०० ले उकालो लागेर तोलाको ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्र्यि बजारमा बिहीबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय २३ डलर हाराहारीमा कारोबार भएको थियो ।