
एक्स्पोको बिहीबार प्रदेश नम्बर–३ का अर्थ तथा मामिला योजनामन्त्री कैलास ढुंगेलले उद्घाटन गरे ।
उनले स्वदेशी उत्पादकले गुणस्तरीयता कायम गर्दै निर्यातमा जोड दिनुपर्ने बताए ।
स्वदेशी उत्पादन प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
नेपालमा बनेको जुत्ता–चप्पल हरेक नेपालीसमक्ष पु¥याउनु मूल लक्ष्य रहेको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
आगामी चैत २५ गतेसम्म चल्ने मेलामा २५ भन्दा बढी ब्रान्डका ७५ स्टल रहेका छन् ।
मेलाको २ लाख बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।
प्रतिक्रिया दिनुहोस्