२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘उपभोक्ता ठग्ने व्यवसायीविरुद्ध आवाज नउठाउनु उपभोक्ताकै कमजोरी’


0
Shares

यसप्रति उपभोक्ताहरु आफैंपनि सचेत हुनुपर्नेमा पनि जोड दिइएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उपभोक्ता अधिकारसम्बन्धी काम गर्ने अधिकारकर्मीहरुले स्थानीय तहले जारी गर्नुपर्ने उपभोक्ता हितसम्बन्धी कानुनहरुको तर्जुमा छिटो हुनुपर्नेमा पनि जोड दिए ।

उपभोक्ता ठग्ने व्यवसायीविरुद्ध आवाज नउठाउनु उपभोक्ताकै कमजोरी भएको पनि उनीहरुको भनाइ छ ।

यसै अवसरमा उपभोक्ता हित संरक्षण मञ्चले यो वर्षका आफ्ना प्राथमिकताका कामहरु पनि सार्वजनिक गरेको छ ।

मञ्चले यो वर्ष अधिकार दिवसको मूल नारा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ तय गरेको छ ।

यस्तै, मञ्चले स्वाधीन अर्थतन्त्र, स्वच्छ बजार र उपभोक्ता हित संरक्षणका क्षेत्रमा सुधार, हस्तक्षेप र नियन्त्रण गर्नुपर्ने ३५ ओटा शोध र अनुसन्धानका विषयलाई अन्तिम रुप दिएको पनि जनाएको छ ।