बैंकको बोर्ड बैठक बसिरहेका बेला प्रहरीको टोलीले छापा मारेर १३ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुप्रसाद धितालसहित इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, विनीतमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेका छन् ।
उनीहरुले नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा वि.सं. २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात् मर्जरको फाइदा उठाउँदै विभिन्न शाखाहरुबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ हानि–नोक्सानी पुर्याएको आरोप छ ।
मर्ज प्रक्रिया सुरु भएपछि पनि एपेक्सले अनिमितरुपमा ऋण प्रवाह गरेको उजुरीपछि राष्ट्र बैंकले छानबिन सुरु गरेको थियो ।
एपेक्सले ऋण दिँदा धितो मूल्यांकन बढी गरेको, कालोसूचीमा रहेका ऋणीलाईसमेत ऋण दिएकोलगायतकाअनियमितता गरेको आरोप लागेको छ ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी बैंकिङ कसुर सजाय ऐनअन्तर्गत् मुद्दा चलाइने सीआइबीले जनाएको छ ।
केही समयअघि एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएको थियो ।
एपेक्सबाट कमसल धितो र मिलमतोमा ऋण प्रवाहको अनुसन्धानका लागि सीआइबीलाई राष्ट्र बैंकले पत्र लेखेको थियो । राष्ट्र बैंकको निर्देशनमा सीआइबी सक्रिय भएको हो ।









प्रतिक्रिया दिनुहोस्