
बुधबारदेखि इन्धन ढुवानी गर्ने ट्यांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरिएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका हुन् ।
ट्यांकर चालक तथा सहचालकहरुले उक्त प्रणाली लागू गर्नु एक दिनअघिदेखि नै ढुवानीमा अवरोध गरेका हुन् ।
ढुवानीमा अवरोध गर्दा पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ ।
चालकहरुले एकपटकमा १०० लिटरभन्दा बढी तेल चोर्ने गरेको पाइएपछि निगमले लकिङ जडान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्