२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भाग पुर्‍याउन फेरि फुटाइए मन्त्रालय, कुन कुन मन्त्रालय फुटाइयो ?


0
Shares

काठमाडौं, चैत ३ । संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्‍याएको छ ।

विहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या २१ बनाउने निर्णय गरेको हो ।

सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ भने श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाएको छ ।

यसैगरी शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको छ ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागबन्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएको बताए । -नागरिक दैनिकबाट