
नेपालय इन्टरनेसनलको आयोजना यही चैत १३ गतेदेखि नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता हुन लागेको हो ।
आयोजकले शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ ।
एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाइरेक्टर सुवास प्रधानले प्रतियोगितामा चितवनका १४ ओटाभन्दा बढी कलेज टिमको सहभागिता रहने जानकारी दिए ।
उनले क्रिकेट विकासका लागि कलेजस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताको विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुका साथै प्रत्येक खेलाडीले ड्युज ब्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चारओटा ड्युज ब्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताए ।
पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउँदैमा क्रिकेटको विकास नहुने भन्दै स्कुल र कलेजस्तरमै खेलाडी उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए ।
‘हामी ७० जना खेलाडीको भरमा ठूलो सपना देख्दैछौं । यही अवस्थामा रहे चार वर्षपछि हामी कसरी अघि बढ्नसक्छौं ?’–खड्काले प्रश्न गरे ।
यस्तै, चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनमा यस्ता किसिमका प्रतियोगिताले खेलाडीहरुलाई अवसर प्रदान गर्ने बताए ।
उनले चितवनमा क्रिकेट खेलमैदान अभावमा पनि खेलाडीले राम्रो प्रदर्शन गरिरहेको भन्दै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्