
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा सनीले प्रदेश नम्बर–४ का मदन क्षत्रीलाई पराजित गरे ।
नेपाल क्योकुसिन कराँते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको महिला खुलमा च्याम्पियन बनेकी मन्जुले प्रतिद्वन्द्वी प्रदेश नम्बर–४ की ममता राईबाट ‘वाकओभर’ पाइन् ।
ममता ‘मेडिकल्ली डिस्क्वालिफाई’ भएपछि मन्जुलाई स्वर्ण जित्न प्रतिस्पर्धा गर्नुपरेन ।
प्रतियोगितामा आर्मीले सर्वाधिक तीन स्वर्ण जित्यो । बाँकी एक स्वर्ण पुरुष ६५ केजीमुनि मनोज थपलियाले जिते । उनले उपाधि भिडन्तमा प्रदेश नम्बर–४ का गोपीराम स्याङतानलाई हराए ।
पुरुष ५५ केजीमुनि फाइनलमा प्रदेश नम्बर–३ का महेश भुजेलले प्रदेश नम्बर–५ का सन्देश सुनारलाई पाखा लगाउँदै पहिलो भए ।
विजेतालाई पूर्वयुवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन र वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा १०५ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्