२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एनआइसी एसियाले जित्यो फुटसलको उपाधि


0
Shares

शनिबार धनगढीमा भएको फाइनल खेलमा सनराइज बैंकलाई ७–० ले पराजित गर्दै एनआइसी एसियाले उपाधि चुमेको हो ।

उपाधिसँगै उसले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सनराइज बैंकले १० हजार रुपैयाँ हासिल गर्‍यो ।

बैंकर्स क्लब धनगढीले आयोजना गरेको उक्त प्रतियोगितामा १८ ओटा बैंकको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष टेकराज भट्टले जानकारी दिए ।