Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सातामा सुनको भाउमा उतार–चढाव


0
Shares

स्थानीय बजारमा साताको सुरुको दिन आइतबार तोलाको ५७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार र मंगलबार सामान्य ओरालो लाग्यो ।

बुधबार बढेर तोलाको ५७ हजार ८०० रुपैयाँमा पुगी बिहीबारदेखि पुनः ओरालो लाग्दै शुक्रबार तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार हुन पुग्यो ।

चाँदी पनि आइतबार तोलाको ७५० मा कारोबार हुँदा साताभर उतार–चढाव हुँदै शुक्रबार तोलामा १० रुपैयाँले कमी आएर तोलाको ७४० रुपैयाँमा कारोबार भएको थियो ।