२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


भन्सार छली गरेर भित्र्याइएका सामान बरामद


0
Shares

सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो । दोधारा चाँदनी क्षेत्रबाट महेन्द्रनगर ल्याउँदै गरेको सामान आइतबार कञ्चनपुरको पश्चिमी सिमा क्षेत्र भुजेला, जिमुवा र चौराहबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डा चौकीका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

बरामद गरिएका सामग्रीमा साईकल तथा मोटर साईकलका पाटपूर्जा, फोटो पेपर, कपी, चकलेट, चिनी, पेन्सिल, म्याजिक टायर लगायत छन् ।