२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राजधानीमा ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पो हुने


0
Shares

नेपाल पर्वतारोहण संघले आइतबार पत्रकार सम्मेलन गरी यही चैत ८ देखि ११ गतेसम्म राजधानीमा ग्लोबल एडभेन्चर एण्ड माउन्टनेरिङ एक्स्पोे तथा सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

सम्मेलनमा नेपालसहित न्युजिल्याण्ड, स्पेन, क्यानडा, अमेरिका, भारत, चीनलगायत मुलुकका झन्डै १ सय ५० जना अन्तर्राष्ट्रिय क्रेताहरुको उपस्थिति रहने जनाइएको छ ।

साहसिक खेल, साहसिक पर्यटन तथा वातावरणजस्ता जल्दाबल्दा विषयमा छलफल हुने उक्त सम्मेलनमा ३० भन्दा बढि साहसिक पर्यटन र खेलसँग सम्बन्धित कम्पनी सहभागी हुने जनाइएको छ ।

सम्मेलन नेपालको साहसिक पर्यटनलाई सबल, सक्षम र अझ अघि बढाउन कोशेढुंगा सावित हुने आयोजकको दाबी छ ।