१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


हुम्लाको कर्णाली नदीमा व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन


0
Shares

जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा शुरु गरिएको र्‍याफ्टिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

मनोरञ्जनका लागि गरिने र्‍याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् । हुम्लाको प्रशिद्ध तीर्थस्थल खार्पुनाथ हुँदै बग्ने कर्णाली नदीको खार्पुदोभानबाट याङ्चुकुनासम्म र्‍याफ्टिङ शुरु गरिएको हो ।

कर्णाली र्‍याफ्टिङ तथा एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टिङ तथा साहसिक जलयात्राले र्‍याफ्टिङ शुरु गरेको हो । ओझेलमा परेको हुम्लाको धार्मिक स्थल खार्पुनाथलाई पर्यटकीय दृष्टिकोणबाट अगाडि बढाउन तथा आन्तरिक तथा वाह्य पर्यटकलाई जिल्लामा भित्र्याउने लक्ष्यका साथ व्यवसाय शुरु गरिएको व्यवसायी बताउँछन् ।

खार्पुदोभानदेखि याङ्चुकुनासम्म कर्णाली नदीमा चार किलोमिटरको र्‍याफ्टिङ यात्रा गर्न सकिने भएको छ । र्‍याफ्टिङ गर्न नेपालीलाई दुई हजार र बिदेशीलाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ तोकिएको छ ।