२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वी नेपालमा इन्धन अभाव, यातायात मजदुर र व्यवसायीबीच विवाद कायमै


0
Shares

जिल्ला प्रशासन कार्यालय झापाको रोहवरमा चैत २ गते भएको वार्तामा सहमति भएपछि मजदुरले आन्दोलन स्थगित गरी भारतबाट आयल निगमले लागू गरेको लकिङ प्रणालीमै इन्धन आयात गरी चारआली डिपोमा ट्यांकर राखेका छन् ।

तर, चारआली डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लैजान मजदुरले व्यवसायीका प्रतिनिधि ट्याङ्करमा रहनुपर्ने अथवा भारतमा लगाइएको लकिङ प्रणालीकै ताला पम्पमा पुगेर खोल्नुपर्ने माग राखेपछि विवाद भएको हो ।

सोही विवादका कारण शनिबार राति नै पूर्वको काँकरभिट्टा नाकाबाट ४५ ट्यांकर तेल चारआली डिपोमा आए पनि डिपोबाट बजारमा जान सकेको छैन ।