
यसदिन पनि बजार परिसूचक नेप्से साढे ८ अंकले ओरालो लागेर १२ सय ७० मा आइपुग्यो ।
कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहे । बिमा समूहमा सबैभन्दा उच्च ५० अंकको गिरावट आयो । होटल समूहमा ३२ र जलविद्युत् समूहमा पनि २२ अंकको कमी आयो ।
लघुवित्त समूह पनि दोहोरो अंकले झर्दा वाणिज्य बैंक, विकास बैंक र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे । अन्य, उत्पादनमूलक र व्यापार समूह नगन्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीका ७ लाख ७२ हजार कित्ता सेयर २६ करोड ६३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्