
नेप्से २४ अंकले ओरालो लागेर १२ सय ३१ विन्दुमा आएर थामियो । उत्पादनमूलक समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे ।
बिमा समूहमा सबैभन्दा उच्च १८६ अंकको कमी आयो भने उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ५८ अंकको वृद्धि आयो ।
लघुवित्त समूहमा ४८ अंकको, होटल समूहमा २३ अंकको, वाणिज्य बैंक समूहमा र जलविद्युत् समूहमा २२/२२ अंकको अनि विकास बैंक समूहमा पनि १३ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीका ९ लाख ३३ हजार कित्ता सेयर ३७ करोड ८३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्