
दिल्ली डेयरडेभिल्सका सीइओ हेमन्त दुवाको नेतृत्वमा आएको टोलीले सन्दीपलाई एक नम्बरको जर्सी प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै सीइओ हेमन्त दुवाले पछिल्लो एक वर्षदेखि आफूहरुले सन्दीपलाई पछ्याइरहेकोमा केही महिनाअघि उनलाई नयाँदिल्ली बोलाएर ट्रायल लिँदा उनको प्रतिभाबाट प्रभावित भएर उनीसँग सम्झौता गरेको बताए ।
कार्यक्रमका राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले सन्दीपले अवसरको सदुपयोग गर्दैै राष्ट्रको शीर उच्च पार्ने विश्वास व्यक्त गरे ।
आगामी अप्रिल ४ बाट सुरु हुने आइपीएलमा सन्दीपले गौतम गम्भीरको कप्तानीमा दिल्ली डेयरडेभिल्सको तर्फबाट खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्