
दक्षिण अफ्रिकाविरुद्ध केप टाउनमा भएको तेस्रो टेस्ट खेलकाक्रममा बल बिगारेको पुष्टि भएपछि कप्तान स्टेभन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई सीएले एक वर्षको प्रतिबन्ध लगाएको हो ।
क्यामरुन ब्यान्क्रफ्टले बल बिगारेको भिडियो फुटेजमा पुष्टि भएपछि तीनैजना कारबाहीमा परेका हुन् । स्मिथले टिमको मिलेमतोमा बल बिगारेको स्वीकारेका थिए ।
ब्यान्क्रफ्टलाई ९ महिने प्रतिबन्ध लागेको सीएले जनाएको छ ।
त्यसैगरी, स्मिथ र वार्नरलाई दुई वर्षसम्म कप्तान बन्नबाटसमेत बन्चित गरिएको छ । सीएको कारबाही चित्त नबुझे उनीहरुले अपिल भने गर्न सक्नेछन् ।
आइपीएल खेल्न नपाउने
भारतीय क्रिकेट बोर्डले स्मिथ र वार्नरले अप्रिल ७ तारिखदेखि भारतमा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट खेल्न नपाउने जनाएको छ ।
आइपीएलका प्रमुख राजीव शुक्लाले अष्ट्रेलिया क्रिकेटबाटै प्रतिबन्धमा परेपछि स्मिथ र वार्नरलाई खेल्न प्रतिबन्ध लगाइएको जनाए ।
स्मिथ आइपीएल टिम राजस्थान रोयल्सको र वार्नर सनराइजर्स हैदरावादको कप्तान थिए ।
प्रतिक्रिया दिनुहोस्