२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बार्सिलोना र सेभिया बराबरीमा, रियल मड्रिड विजयी


0
Shares

काठमाडौं, चैत १८ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले अंक बाँडेको छ । रियल मड्रिडले भने सहज जित निकालेको छ ।

सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेर अपराजित यात्रा कायम राख्न सफल भएपनि जीत निकाल्न भने सकेन ।

सेभियाको मैदानमा भएको खेलमा फ्राङ्को भाज्क्वेज र लुइस मुरियलले गोल गरेका थिए । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ ।

उता, रियल मड्रिडले भने लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरे भने करिम बेन्जेमाले एक गोल गरेका थिए ।