
हावाहुरीका कारण प्रतियोगितास्थलको भौतिक पूर्वाधारमा क्षति पुगेका कारण खेल रद्द गरिएको आयोजकले जनाएको छ । शनिबार पहिलो खेल अन्तर्गत महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिश्पर्धा हुने तय भएको थियो ।
खेल रद्द गरिएका कारण दुवै टिमलाई १–१ अंक दिइएको छ ।
दिउँसो हुने भनिएको खेलका लागि आवश्यक तयारी भइरहेको आयोजकको भनाइ छ । दोस्रो खेलमा टीम चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीच प्रतिश्पर्धा हुने जनाइएको छ ।
गएरातिको हावाहुरीले क्रिकेट मैदानमा क्षति पुगेको थियो । दर्शक बस्न बनाइएका अस्थायी प्यारामिटलगायतमा हावाहुरीले क्षति पुगेका कारण व्यवस्थापनमा समस्या भएपछि पहिलो खेल रद्द गरिएको आयोजकको भनाइ छ । दोस्रो खेलका लागि भने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्