३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


मिस नेपालको २३ औं संस्करण आज, कसले पहिरिएला ताज !


0
Shares

काठमाडौंमा हुने मिस नेपालको ग्राण्ड फिनालेमा २५ जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । नेपालको विभिन्न जिल्लाकाबाहेक अमेरिका, बेलायत, अष्ट्रेलिया र स्पेनमा बसोबास गर्दै आएका नेपाली युवती पनि प्रतिस्पर्धामा सहभागी छन् ।

छानिएकाहरुलाई सात सातासम्म प्रशिक्षण दिइएको थियो । हिडेन ट्रेजरले आयोजना गर्दै आएको प्रतियोगितामा काठमाडौंबाट ८, पोखरा, बिराटनगर र भरतपुरबाट २÷२, बीरगञ्ज, गोरखा, महेन्द्रनगर, दाङ, रुपन्देही, धनकुटा, झापा र हेटौंडाका एक/एक जना प्रतिस्पर्धी सामेल छन् ।

तस्वीर : मिस नेपाल फेसबुक पेज