
पाँचथर सदरमुकाम फिदिममा जारी प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा विजय युथ क्लब हेटौंडालाई ४–२ ले हराउँदै बिर्ता अन्तिम चारमा पुगेको हो ।
बिर्ताको जितमा ‘म्यान अफ दी म्याच’ घोषित पुष्प मादेनले ह्याट्रिक गरे । यस्तै, नवयुग श्रेष्ठले एक गोल थपे ।
हेटौंडाका विदेशी खेलाडी इब्राहिम र मुस्ताफाले एक/एक गोल गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा बिहीबार न्यू स्टार सुनसरी र मिसन युनाइटेड ताप्लेजुङ भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्