२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विर्तामोड यूनाइटेड पाँचथर गोल्डकपको फाइनलमा प्रवेश


0
Shares

पाँचथर, चैत ३० । विर्तामोड यूनाइटेड क्लव झापा पाँचथरको फिदिममा जारी दोस्रो वाइवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा रेड हर्स इलामलाई ० का विरुद्ध ३ गोल अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।

झापालाई जिताउन नवयुग श्रेष्ठ एक्लैले ह्याट्रिक गरेका थिए । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका श्रेष्ठ नै म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत वैशाख २ गते हुने फाइनल खेलमा आजको विजेता झापा र सुनसरीवीच प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

आठ टिम सहभागि प्रतियोगिताको विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन् ।