२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


स्वीडेनमा ‘नयाँ बर्ष शुभकामना तथा सांस्कृतिक साँझ’मा नाचे नेपाली


0
Shares

काठमाडौं, बैशाख ५ । नेपाली नयाँ बर्षका अवसरमा स्वेडेनमा भब्य ‘शुभकामना तथा सांस्कृतिक साँझ’को आयोजना गरिएको छ ।

अतिथि कलाकारहरु कृष्ण काफ्ले, तुलसी शिवाकोटी र बिनिता लामिछानेले नयाँ बर्ष २०७५ मा स्वीडेनबासी नेपालीलाई छमछमी नचाए ।

गैर–आबासीय नेपाली संघ, स्वीडेनको आयोजनामा १४ अप्रिल २०१८ का दिन नयाँ बर्ष २०७५ “शुभकामना तथा सांस्कृतिक साँझ” स्टकहोल्ममा भब्य रुपमा सम्पन्न भएको हो ।

गैर–आबासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा क्रमश आइसीसी सदस्य प्रवेश कुँबर, निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख संरक्षक चिरन्जिबी खरेल, संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार नविन थपलिया र नेपाल मण्डपका संयोजक सुवास अधिकारी सहभागी थिए ।

नेपाली राष्ट्रिय गानबाट भएको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रेष्ठले दिएका थिए ।

कार्यक्रमको संचालन संस्थाका सचिब राज कुमार पाठकले गरे भने सह संचालिकाको रुपमा परिक्षा भट्टराईले स्टेजमा थिइन ।

sweden1

प्राबिधिक तर्फको काम संस्थाका युबा संयोजक प्रमोद अर्यालले सम्हाले । साथै नेपाल मण्डपका संयोजक सुवास अधिकारीले बिशेष सहयोगीको भूमिका निर्वाह गरे ।

साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

चिर परिचित स्थानिय गायक शक्ति लामाको पहिलो प्रस्तुति ‘कलकत्ते कार्इंलो’मा सबैजना दर्शकहरुले ताली बजाएरसँगै गाएर साथ दिएका थिए ।

कार्यक्रममा दर्शकहरु सबैजना स्टेजमै पुगेर नाचेर गाउँदा माहोल नै रोमान्चित बनेको थियो । अर्का स्थानिय युवा गायक अश्विन श्रेष्ठले पनि गीत गाएर दर्शकहरुलाई मनोरंजन दिएका थिए ।

नृत्यमा स्थानीय कलाकारहरु सिर्जना लामा, दिया श्रेष्ठ, शर्मिला पाइजा, रुजुला गुरुङ, अम्बिका खनाल र कुसुम आचार्य, अम्बिका खनाल र लक्ष्मण खड्काको बेजोड प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।

त्यसैगरि गैर–आवासीय नेपाली संघ, स्वीडेनको निमन्त्रणामा आएका गायक कृष्ण काफ्ले, स्पेन निवासी तुलसी शिवाकोटीले कार्यक्रम स्थललाई निकै रोमान्चित बनाएको थियो ।

आमन्त्रित कलाकारको पहिलो प्रस्तुतिको रुपमा फिनल्याण्ड निवासी बिनिता लामिछानेले आफ्नो गित ‘मेरो मनै नेपाली छ तनै नेपाली छ’ गाएर सुरु गरेकी थिइन ।

स्पेन निवासी गायक तुलसी सिवाकोटीले आफ्नो पहिलो कभर गित दर्शक नमस्ते’ बाट सुरु गरी चर्चित हिट गित ‘म त मान्छे सिधा साधा’ गाउँदा दर्शकहरु उनीसंगै गाउन नाच्न स्टेज अगाडी पुगेका थिए ।

नेपालबाट पुगेका गायक कृष्ण काफ्लेले ‘देखन चम्पा सुनन चम्पा’, ‘तिम्रो पिक्चर हिट’ र ‘पर्ख पर्ख मायालु’ गीतले दर्शकले भरपुर मनोरंजन लिएका थिए ।

कार्यक्रमको समापन लगत्तै अतिथि कलाकार र आर्थिक सहयोग गर्ने स्वीडेन स्थित नेपाली तथा बिदेशी ब्यबसायीहरुलाई मायाको चिनो स्वरुप सम्मान–पत्र वितरण गरिएको थियो ।

आर्थिक सहयोग गर्ने ब्यबसायीहरु तानबिर हसन, बिष्णु नेपाल, कृष्ण कुमार ढकाल, दिनेश श्रेष्ठ, राजन सोडारी, बिजय प्रधान, सन्नी प्रधान, प्रदिप सापकोटा र हरि कोइरालाप्रति सभापति श्रेष्ठले आभार ब्यक्त गरेका थिए ।

कार्यक्रममा रेष्टुरेन्ट स्पाइसी हटका संचालक महेश केसीले उपस्थित दर्शक तथा अथितिहरुलाई नेपाली परिकारहरुको स्वाद चखाएका थिए ।

swedenn2