३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


नायिका शिल्पा पोखरेल अभिनित यो गीत वर्षकै हिट बन्न सक्छ ! (हेर्नुहोस भिडियो)


0
Shares

काठमाडौं, बैशाख १५ । लोक दोहोरी गीतबाट गायन यात्रा सुरु गरेकी गायिका भावना आचार्यले पहिलो पटक लोक पप बग्ने खोला बगीगो बोलको गीत लिएर आएकी छिन् ।

गायिका भावनालाई चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएकी छिन् । जसमा संगीतकार दीपक शर्माको संगीत तथा शब्द सृजना समावेश छ ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको उक्त गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् ।

जसमा पछिल्लो पुस्ताकी चर्चित नायिका शिल्पा पोखरेल र दीपक ढकालको अभिनय रहेको छ ।

संगीतकार शर्माले नेपालमा बोलीने मौलीक भाषा र भाकालाई सुक्ष्म तरिकाले जीवन्त शैलीमा गरेका प्रयोग छन् ।

जसले जनमानसमा छोटो समयमा नै राम्रो प्रभाव छाड्न सफल देखिन्छ ।

भिडियो