 
	    काठमाडौं, बैशाख १६ । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीलाई १-० ले हराएको छ ।
गएराति स्वान्सी सिटीको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सीलाई विजयी गराउन स्पेनिस खेलाडी फाब्रिगासले निर्णायक गोल गरे ।
जितसँगै चेल्सीले प्रिमियर लिग फुटबलको शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ ।
गएराति भएको अर्को खेलमा लिभरपुललाई रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ ।
प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई ५-० ले हराउँदा एभर्टनले हडर्सफिल्ड टाउनलाई २-० ले, साउथह्याम्पटनले बर्नमाउथलाई २-१ ले तथा वेष्ट ब्रोमले न्युकासल युनाईटेडलाई १-० ले हराएका छन् ।
बर्न्ले र ब्राईटनले भने गोलरहित बराबरीमा चित्त बुझाएका छन् । प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् ।
आज च्याम्पियन म्यान्चेस्टर सिटीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडले छैटौं स्थानको आर्सनलसँग खेल्नेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्