२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा ज्ञानोदय मावि विजयी


0
Shares

मुस्ताङ, बैशाख १८ । मुस्ताङको कागबेनीमा संम्पन्न पाचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा ज्ञानोदय मावि लेते विजयी भएकोे छ ।

मंगलवार भएको पुरुष भलिबल फाईनलमा ज्ञानोदय मावि लेतेले २५–२३, २५–२२ र २५–१७ को सोझो सेटमा जनहित मावि जोमसोमलाई हराएको हो भने महिला भलिबलतर्फ ज्ञानोदयले २५–२०, २६–२४ र २५– १७ को सोझो सेटमा हराउदै विजयी भएको हो ।

जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिताका बिजेता, उपबिजेता समुहलाई जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शेरचनले नगद तथा प्रमाणपत्र र मेडल हस्तान्तर गरेका थिए ।