२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धनगढी प्रिमियर लिग–२ को आयव्यय सार्वजनिक


0
Shares

धनगढी क्रिकेट एकेडेमीले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी तीन करोड १२ लाख ७६ हजार २७ रुपैयाँ बराबरको आयव्ययको विवरण सार्वजनिक गरेको हो ।

धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा गत चैत १७ देखि ३० गतेसम्म डीपीएल–२ प्रतियोगिता सन्चालन भएको थियो ।

प्रतियोगितामा प्रायोजक, टिकट, प्रवेश शुल्कलगायतबाट नगद एक करोड ९९ लाख ८ हजार ७६२ रुपैयाँ आम्दानी भएको एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

उनकाअनुसार प्रतियोगिताकाक्रममा एक करोड १३ लाख ६ हजार ६५ रुपैयाँ बराबरको ‘हस्पिटालिटी’लगायतका सहयोग भएका छन् ।

आयोजकले १० लाख १५ हजार ८५० रुपैयाँ बराबरको टिकट बिक्री गरेको थियो ।

प्रतियोगिताको पुरस्कारमा ४३ लाख ७० हजार रुपैयाँ खर्च भएको जनाइएको छ । विजेता टिमलाई २५ लाख र उपविजेतालाई १० रुपैयाँ पुरस्कार दिइएको थियो ।

यसैगरी, दोस्रो, तेस्रो हुने टिमलाई क्रमशः तीन लाख र दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

योपटकको डीपीएल प्रतियोगितालाई आइसीसीले मान्यता दिनु नै प्रमुख उपलब्धि रहेको एकेडेमीका अध्यक्ष शाहीले बताए ।

प्रतियोगितामा विराटनगर किंग्स, काठमाडौं गोल्डेन, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड गरी ६ टिमको सहभागिता रहेको थियो ।

यसैगरी, डीपीएलको अर्को संस्करण सम्भव भएसम्म निर्माणाधीन अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

आगामी संस्करणमा ‘होम एन्ड अवे’, ‘डे नाइट’ खेल खेलाउने लक्ष्यसमेत रहेको अध्यक्ष शाहीले बताए ।

अध्यक्ष शाहीले फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय योजनाकारुपमा घोषणा गरी तीन वर्षभित्रै पूर्णतयार गर्न सरकारलाई आग्रह गरे ।