३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


कलाकार नयनको जन्मदिन अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुसँग


0
Shares

बूढानीलकन्ठ, डाँडागाउँमा रहेको अनाथ असहाय बालसुधार समाजमा आश्रित ३७ जना बालबालिका तथा मानवसेवा आश्रम सामाखुसीमा आश्रित करिब ४० जना वृद्धवृद्धालाई उनले खाना खुवाएका हुन् । खानाका साथै केक खुवाएर उनले नाचगानसमेत गरे ।

नयनले उक्त आश्रममा पुगेर अरु खाद्यन्न सामाग्री वितरण गरेर सबैसँग नाचगान गर्दै जन्मदिन मनाएका हुन् ।

एरोबिक डान्सका प्रशिक्षकसमेत रहेका नयनले करिब ४५ म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

कलाकार, पत्रकार, समाजसेवी तथा शुभेच्छुकहरुका साथ अनाथालय तथा आश्रममा पुगेका नयनले जन्मदिनमा केही नयाँ सन्देश प्रवाह गर्न खोजेको बताए ।

‘हाम्रो सानो सहयोगले अनाथ तगा बेसाहाराहरुको मुहारमा थोरै भएपनि मुस्कान ल्याउने प्रयास गरेको हुँ’–उनले भने ।

भर्खरै म्यूजिक भिडियो निर्देशनमासमेत हात हालेका नयनले जन्मदिनको अवसरमा साथीहरुसँग रमाइलो तथा बिलासितामा खर्च उडाउनुभन्दा अशक्त वृद्धवृद्धा तथा बालबालिकासँग जन्मदिन मनाउँदा आफूलाई छुट्टै खुसी मिलेको अनुभव सुनाए ।