
काठमाडौं, जेठ २७ । रोमानियाकी सिमोना हालेपले करियरमा पहिलो ग्राण्ड स्लाम टेनिसको उपाधि जितेकी छिन् ।
फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराती भएको फ्रेन्च ओपन टेनिसको फाईनलमा अमेरिकाकी स्लोआनी स्टेफेन्सलाई हराँउदै हालेपले उपाधि जितेकी हुन् ।
यसअघि तीन पटक ग्राण्ड स्लाम टेनिसको फाईनलमा पुगेर पनि उपाधिबिमुख भएकी हालेपले यसपटक भने पहिलो ग्राण्ड स्लामको स्वाद चाखिन् ।
स्लोआनी विरुद्धको पहिलो सेट हालेपले ३-६ ले गुमाईन् । दोस्रो सेटमा ब्रेक प्वाईन्ट गुमाएको अवस्था उल्टाँउदै हालेप ६-४ ले विजयी भईन् ।
तेस्रो तथा निर्णायक सेट ६-१ ले जित्दै हालेपले क्ले कार्टमा हुने वर्षको एक मात्रै ग्राण्ड स्लाम टेनिसको उपाधि सुरक्षित गरिन् ।
फ्रेन्च ओपन टेनिसको पुरुषतर्फको फाईनल खेल आज हुँदैछ । उपाधिका लागि स्पेनका रफाईल नदाल र अष्ट्रियाका डोमिनिक थियाम भिड्नेछन् ।
क्ले कोर्ट किङको उपनाम पाएका नदाल करियरमा किर्तीमानी ११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जित्ने अभियानमा छन् ।
प्रतिक्रिया दिनुहोस्