२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


तेस्रो लाङटाङ म्याराथनः नेपाली सेनाका भाट पहिलो


0
Shares

भाटले ३ घन्टा ४९ मिनेट २७ सेकेन्डमा ४२ किलोमिटर दूरी पूरा गर्दै पहिलो भएका हुन् ।

४ घन्टा ६ मिनेट १८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाकै भरत खत्री दोस्रो भए भने ४ घन्टा ७ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गर्दै नेपाली सेनाकै सुवास कार्की तेस्रो भए ।

यस्तै, सोही प्रतियोगितामा महिलातर्फ सोलुखुम्बुकी निरकला राईले ४ घन्टा ५७ मिनेट १३ सेकन्डमा दूरी पूरा गर्दै पहिलो भइन् ।

पूर्णमाया राईले ५ घन्टा २६ मिनेट १९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र ५ घन्टा ५२ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै सरिता बासी तेस्रो भइन् ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख पाँच हजार, दोस्रो हुनेले ७८ हजार ७५० र तेस्रो हुनेले ५२ हजार २५० रुपैयाँ हात पारेका छन् ।

लाङटाङको क्यान्जिङबाट सुरु भएको दौड स्याफ्रुबेसीमा पुगेर सम्पन्न भएको थियोे ।

भूकम्पबाट पूर्णक्षति पुगेको लाङटाङमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले प्रतियोगिता आयोजना गरेको हो ।