१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बालविवाह रोक्न किशोरीहरुको भलिबल !


0
Shares

‘बालविवाह रोक्न म नेतृत्व लिन्छु’ भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तिकरण सन्जाल कपिलवस्तुको आयोजना, दलित सामाजिक विकास केन्द्र कपिलवस्तु र केयर नेपालको सहयोगमा तौलिहवामा प्रतियोगिता गरिएको हो ।

शनिबार भएको फाइनल खेलमा शिवशक्ति किशोरी समूह पहिलो र रोज किशोरी समूह दोस्रो भए । यस्तै, दुर्गा किशोरी समूह तेस्रो भयो ।

विजेताहरुलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोविन्द धवलले जानकारी दिए ।

खेलको माध्यमबाट सामाजिक जागरुकता ल्याउने उद्देश्यसहित आयोजित प्रतियोगितामा जिल्लाका तीनओटा ‘कलस्टर’हरुको सहभागिता रहेको थियो ।