Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


डिल्लीबजार कारागारमा के गर्दैछन् ‘भिआईपी’ कैदी !


26
Shares

काठमाडौं, जेठ २१ । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन् ।

जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्वभिआइपी हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका पूर्वआइजिपी राणा झण्डै एक वर्षदेखि जेलमा छन् । कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन् ।

सशस्त्रका डिआइजी रञ्जन कोइराला जेलमा पनि सन्की व्यवहार देखाउँछन् ।

घरमा जस्तै रवाफिलो शैली देखाउँछन् दीपक मनाङे ।

अर्का ‘गुन्डा नाइके’ गणेश लामाको व्यवहार भने भद्र छ ।

रेशम चौधरी जेल छिर्दा उत्साहित थिए तर अहिले निराश बन्दै गएको जेलका कर्मचारी बताउँछन् । –नागरिक दैनिकबाट