२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुसी राष्ट्रपति समेत यी ‘बर्ल्ड कप गर्ल’का प्रशंसक, उनी भन्छिन् ‘म मेस्सीको प्रशंसक’


0
Shares

मस्को, जेठ २३ । मौसमको आधारमा रुस ठण्डा मुलुक हो तर अहिले विश्वकप फुटबलको गर्मीले यो मुलुक तातेको छ ।

रुसलाई विश्वकप फुटबलमय बनाउन त्यहाँको राजनीतिक नेतृत्वदेखि खेलप्रेमी र सुन्दरीसमेत सक्रिय देखिएका छन् । फिफा विश्वकप फुटबलका लागि विशेषदूतका रुपमा रुसी सुन्दरी भिक्टोरिया लोपरेभा नियुक्त भएकी छन् ।

भिक्टोरिया लोपरेभा रुसमा चिरपरिचित नाम हो । उनी सन् २००३ मा ‘मिस रुस’ भएकी थिइन् । मोडलिङका अतिरिक्त उनी एङ्करिङ र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।
३४ वर्षीया भिक्टोरियाले कयौं अवार्ड हासिल गरेकी छन् ।

समाचार एजेन्सीहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि भिक्टोरियाका प्रशंसक हुन् । पुटिनले नै उनलाई विश्वकप फुटबलको दूत बनाएको चर्चा चलिरहेको छ । राजनीतिक रुपमा भिक्टोरिया पनि पुटिनकै समर्थक हुन् ।

तर खेलाडीमा भने भिक्टोरियाले अर्जेन्टिनाका स्टाइकर लियोनल मेस्सीलाई कला–कौशलले भरिपूर्ण खेलाडी मान्छिन् ।

‘सबै खेलाडीको आ–आफ्नै विशेषता छ, तर जहाँ कला–कौशलको कुरा आउँछ, म मेस्सीलाई नै रोज्छु,’ उनले भनिन् ।

त्यसो त, उनी ब्राजिलका नेयमार र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको पनि प्रशंसा गर्छिन् । तर मेस्सी कला–कौशलमा अगाडि रहेको उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘रोनाल्डो धेरै साधारण छन्, नेयमार पनि स्टाइलिस छन्, पोल पोग्बा पनि मनपर्ने खेलाडी हुन् तर मेस्सी कला–कौशलमा अगाडि छन् ।’ (एजेन्सी)