Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


बार्सिलोनाद्वारा रियाल मड्रिड पराजित, सुवारेजले गरे ह्याट्रिक


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराती बार्सिलोनाले रियाल मड्रिडलाई ५–१ को फराकिलो गोल अन्तरमा हराएको छ ।

झण्डै एक दशकपछि भएको लियोनल मेस्सी र रोनाल्डो बिनाको एल क्लासिकोमा घरेलु टोली बार्साले सहज जित निकालेको हो ।

बार्सीलोनाको मैदान नुओ क्याम्पमा बार्सालाई विजयी गराउन लुईस सुवारेजले ह्याट्रिक गरे । यसैगरी ब्राजिलियन खेलाडी मार्सेलोले एक सान्तोना गोल फर्काएका थिए ।

जितपछि बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियल १४ अंक सहित तालिकाको ९ औं स्थानमा छ ।