काठमाडौं, कात्तिक ९ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छन् ।
मैत्रीपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
थापाले पहिलोपटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् ।
थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छन् ।
यसअघि, नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन् ।
ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो ।
चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गर्नेछ । रासस








प्रतिक्रिया दिनुहोस्