काठमाडौं, कार्तिक ९ । युरोपा लिग फुटबलमा इंग्लिस क्लबहरु चेल्सी र आर्सनल विजयी भएका छन् ।
चेल्सीले गएराति भएको खेलमा बेलारुसको बाते बोरिसोभलाई ३–१ ले हरायो । चेल्सीका लागि इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस चिकले ह्याट्रिक गरे । चेल्सीको सुरुवाती एघारमा पर्न संघर्षरत लोफ्टस चिकले गएरातिको खेलमा शानदार प्रदर्शन गरेका हुन् ।
युरोपा लिगकै अर्को खेलमा आर्सनलले पोर्चुगलको स्पोर्टिङलाई १–० ले हरायो । आर्सनलका लागि ड्यानी वेलबेकले खेलको ७७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
युरोपा लिग फुटबलकै अर्को खेलमा ईटालीको एसी मिलानलाई उसैको मैदानमा स्पेनको रियाल बेटिसले २–१ ले हराउँदा स्विट्जरल्याण्डको एफसी ज्युरिचले जर्मनीको बायर लिभरकुजेनबाट माथि ३–२ को जित निकाल्यो ।
गएरातिका अन्य खेलमा क्रोएसियाको डाईनामो जाग्रेब, रुसको जेनिथ, स्पेनको भियारियाल र सेभिया तथा ईटालीको लाजियो पनि विजयी भएका छन् ।








प्रतिक्रिया दिनुहोस्